यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू, विश्वविद्यालय अनुदान आयोग भरियो

बुधबार, साउन २०, २०८३

सरकारले सुनसरी र सिराहामा झडपका क्रममा भएको घाइतेको उपचार गर्ने निर्णय गरेको छ । साथै त्यसक्रममा भएको क्षतिको हिसाब निकालेर पूर्ति गर्ने बुधबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय

१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।

२. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।

३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।

४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।

५. बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।

६. विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।

७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्