सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूह (जगेडा)मा केही महिना अघिसम्म सचिवको बटालियन नै थियो। तर, कुनै बेलाको बटालियनमा क्षयीकरण भएर अहिले ठिङ्ग एकजनामा खुम्चिएको छ।
मुख्यसचिवको सपना देखेर प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएका कृष्णहरि पुस्कर हुँदै वालेन्द्रलाई काठमाडौँको मेयरमा पदवहाली गराउने लोकनाथ पौडेल समेत जगेडामा कोचिएका थिए। जगेडामै खाँदिएका गोविन्दप्रसाद शर्मा पनि राजीनामा दिएर हिडीसकेका छन्। त्यस्तै केही दिन दिन जगेडामा राखिएकी राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश खटाईएको छ। जगेडाको रुघालो बनेका हरिप्रसाद मैनाली पनि हिजो राति १२ बजेदेखि घरमै थान्को लागेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा आजदेखि हप्तादिन सम्मका लागि सचिव बाबुराम अधिकारी एक्लै बस्नेछन्। सातादिन पछि उनी पनि ५८ ले छोएपछि घरमै थन्किने निश्चित भएको छ। भ्रष्ट्राचार काण्ड लागेका सचिव डुण्डुराज घिमिरे मुद्दाको किनारा नलाग्दा सम्मलाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी बिहिन भएर राखिनेछन्।
प्रधानमन्त्रीको अड्डामा अहिले मुख्यसचिव गोबिन्द कार्की सहित प्रशासन तर्फका सचिव वीरेन्द्र यादव र कानुन तर्फका सचिव पुस्कर सापकोटा सचिव छन्।