कहिले मन्त्रीका कारण त कहिले सभापतिका कारण थलियो संसदको शिक्षा समिति

सोमबार, साउन १८, २०८३

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। आजको बैठक समिति सभापति डा. ओजस्वी शेरचनका कारण स्थगित भएको हो। 

बिहान ११ बजेका लागि तय भएको समितिको बैठक कार्य व्यस्तताका कारण तथा अर्को बैठकमा सहभागी हुनुपर्ने भएकाले स्थगित गरिएको समिति सचिवालयले जनाएको छ।

उक्त बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो।

यसअघि ११ साउन बस्ने गरी तय भएको बैठक शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उपस्थित हुन नसक्ने बताएपछि स्थगन गरिएको थियो ।sixa-2-1785736999.jpeg
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्