सोसल मिडिया
युनिकोड
काठमाण्डौ उपत्यकामै हाकाहाकी घुस असुल्ने तीनभाई कर्मचारीलाई अख्तियारले घुस सहित कर्याप्पै पारेको छ ।
घुस लिँदालिँदै भूमि प्रशासन (मालपोत) कार्यालय लगनखेल, ललितपुरका तीन सुब्बा अख्तियारको फन्दामा परेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो। लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाल समेत उक्त प्रकरणमा पक्राउ परेका हुन्।
मालपोतका ३ नायब सुब्बा र दुई लेखापढी व्यवसायी समेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको ३ लाख रुपैयाँ लिइसकेको अवस्थामा र श्रोत नखुलेको २४ हजार ८ सय ९० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। उनीहरूलाई घूस र श्रोत नखुलेको रकमसहित ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार जानकारी दिएको हो।
ललितपुर मालपोत सबैभन्दा बढी राजस्व भेला गर्ने मालपोत हो।