सोसल मिडिया
युनिकोड
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। भण्डारीलाई २०८० फागुन ६ गते माओवादी केन्द्रले नियुक्त गरेको थियो। त्यो बेला सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा थिईन।
भण्डारी फिन्टेक कम्पनी पे नेप प्रालिको अध्यक्ष, बुरुन्डीस्थित टेलिकम अपरेटर लासेल एसयूको सीईओ, सिएरा लियोनस्थित इन्टरग्रुप टेलिकम लिमिटेडको सीईओ, स्पाइस नेपाल प्रालि (मेरो मोबाइल/हालको एनसेल)को डेपुटी चिफ फाइनान्स अफिसर, पशुपति विकास बैंक लिमिटेडको महाप्रबन्धक, कर्णाली विकास बैंक लिमिटेडको सीईओ लगायतको भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन्। उनलाई एनसेल प्रकरणमा जोडिएपछि समातिएको हो।