पूर्व प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री वालेन्द्रलाई दिए यस्तो अर्तिउपदेश

बिहीबार, साउन १४, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुभवि नेता, बुद्धिजिवीसँग संवाद गर्न सुझाएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले संसद्को परम्परालाई भाँच्ने कोसिस नगर्न सचेत गराए।

‘प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने स्पष्टीकरण दिनुपर्छ यो सदनमा। यो एक लोकतान्त्रिक परम्परा हो। यसलाई भाँच्ने कोसिस नगरियोस्,’ उनले भने। 

संयोजक प्रचण्डले संसद्मा आएर स्पष्टीकरण दिँदा सानो नहुने स्मरण गराए। ‘यहाँ आएर तपाई सानो हुने होइन, तपाईको कद अझ माथि जान्छ,’ उनले भने। 

पूर्वप्रधानमन्त्री प्रचण्डले यसमा नेपाली उखान पनि सुनाए। ‘यसलाई बुढापाका कुरा, राम्रा कुरा भनेर ठान्नु हुन्छ भने कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको भनिन्छ,’ प्रचण्डले थपे, ‘यो नेपाली उखान हजारौं वर्षको अनुभवले ल्याएको भनेर ठान्नुहुन्छ भने मान्नुस्, ठान्नु हुन्न भने त तपाईकै हातमा छ।’

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्