प्रधानमन्त्री वालेन्द्रको खोजी भएपछि रविले यसरी गरे उनको बचाउ 

बुधबार, साउन १३, २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन्।

आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताए।

लामिछानेलाई सञ्चारकर्मीले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए।

जवाफमा लामिछानेले बैठक राजनीतिक दलका शीर्ष नेताहरूबीचको भएको र सरकारकातर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको बताए।

सुनसरी घटनाका सन्दर्भमा सरकारले काम गरिरहेको बताए।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्