यी सात जना अटेरी इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले डण्डा बर्साउने

मंगलबार, साउन १२, २०८३

पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई कारबाही गर्ने तयारी गरेको छ। 

मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन बिदा र असाधारण बिदाको अवधि समाप्त भएपश्चात पनि कार्यालयमा हाजिर नहुने इन्जिनियरहरूलाई कारबाही गर्ने तयारी गरेको हो। 

सोही तयारीस्वरूप मन्त्रालयले उनीहरूसँग स्पष्टीकरण माग गरेको छ। उनीहरूलाई निजामती सेवा ऐन-२०४९ को दफा ५९ को खण्ड (ख) को उपदफा (१) बमोजिम कारबाही गर्न पर्ने कुनै मनासिव कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ। 

सफाइ पेस नगरे निजामती सेवा ऐन- २०४९ बमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ। 

मन्त्रालयले इन्जिनियर पुजन न्यौपाने, सृष्टि भुसाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठसँग स्पष्टीकरण माग गरेको हो। Screenshot_2026-07-28_073925_cb5aTPhTSR-1785205356.png

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्