जान्नेलाई छान्नेको काम देखेरपछि पूर्व सचिवको टिप्पणी, बाँच्नुपर्छ, के के देख्न पाइन्छ ?

शुक्रबार, साउन ८, २०८३

जान्नेलाई छान्ने नारा घन्काएर सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेत्तृत्वको सरकारका मन्त्रीले चित्र बिचित्रका काम गर्न थालेका छन् ।

फाेहर व्यवस्थापनमा पी.एच.डी गर्दै गरिएको भनिएका इन्जिनियर मन्त्रीले भौतिक पूर्वाधार मन्त्रालयको प्रशासनिक इन्जिनियरिङ भद्रगोल पारेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको देश बनाउने टोलीका सक्रिय भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले देशकै हुर्मत लिनेसम्मको काम गरिसकेका छन् ।

मन्त्रालयका सचिवलाई पर सारेर आफ्ना खल्तीका सचिवलाई अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको खास प्रतिनिधि बनाएपछि उनको कच्चा काम बाहिरिएको हो ।

पूर्वाधार विकासमन्त्री लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्।

पाण्डे न्युयोर्क पुगी कार्यक्रममा सहभागी भएर फर्किसकेका छन्। कार्यक्रम असार ३१ देखि साउन २ गते (जुलाई १५, १६, १७ र १८) सम्म आयोजना गरिएको थियो।

यसअघि त्यो कार्यक्रममा मन्त्रालयका सचिव सहभागी हुने गरेका थिए । तर, यो पटक मन्त्रालयका सचिवलाई तगारो हालेर मन्त्रीले आफ्ना सचिवलाई त्यता पठाएपछि चर्को विरोध भएको छ ।

विधि, थिति र पद्धति बुझेका र सोहीपरी काम गर्ने गरेका नेपाल सरकारका काबिल पूर्वसचिव श्याम प्रसाद मैनालीले समाजिक संजाल मार्फत महत्वपूर्ण सबाल उठाएका छन् ।

मैनाली लेख्छन् -

विदेश भ्रमण र अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता व्यक्तिगत सुविधा होइन, राज्यको प्रतिनिधित्व गर्ने गहन जिम्मेवारी हो।  मन्त्रीको सचिवालयका कानुनी अधिकारविहीन सहयोगीलाई पठाई सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई बेवास्ता गरिनु निर्णय प्रक्रियाको पारदर्शिता र संस्थागत मर्यादामाथि प्रश्न उठाउने विषय हो। 

यो निर्णय गलत त छँदैछ। यसले अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको अवस्था कस्तो बन्यो होला? चिन्ता पो लाग्न थाल्यो।

बाँच्नुपर्छ, के के देख्न पाइन्छ?

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्