वालेन्द्रलाई कालोझण्डा देखाउन गेटैमा पुगेका दुई महिलालाई प्रहरीले समात्यो 

बिहीबार, साउन ७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो झण्डा देखाउन पुगेका दुई महिलालाई प्रहरीले प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ गरेको छ।

घरेलु हिंसामा परेको र अदालतमा विचाराधिन मुद्दा छिटो सुनुवाई हुनुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गर्दै आइरहेका निहारिका राजपुत र विनु यादव शुक्रबार बिहान प्रधानमन्त्री निवास अगाडिबाट पक्राउ परेका हुन्।

प्रधानमन्त्रीलाई सांकेतिक विरोधस्वरुप कालो झण्डा देखाउन उनीहरू त्यहाँ पुगेका थिए। तर झण्डा देखाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्