सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले हिजो अर्थात साउन ५ गते फेसबुकमा एक स्टाटस लेख्दै निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने घोषणा गरे । प्रधानमन्त्रीले फेसबुकमा लेख्दैमा कसरी हट्छ ? भन्ने सवालले बजार तातेपछि आजै मन्त्रिपरिषद बैठक डाकेर विधिसम्मत् हटाउने चाँजोपाँजो मिलाएका छन् ।
कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ। उक्त करको विषयमा चौतर्फी आलोचना भएपछि कर हटाउने प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पठाएको हो। बैठक आजै तीन बजे बस्दैछ ।
मन्त्रिपरिषद्को निर्णय अर्थ मन्त्रालय पुगेपछि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्नेछ। त्यसपछि उक्त निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय कार्यान्वयनमा आउने छ । उक्त निर्णय संघीय संसद्लाई पनि जानकारी गराइनेछ।