सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जगेडा सचिव लोकनाथ पौडेल आज राति १२ बजेदेखि अवकाशमा जाँदैछन् । २०८१ जेठ ३ गते सचिवमा बढुवा भएका पौडेल ५८ वर्ष लागेसँगै घर जाने भएका हुन् ।
वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई काठमाण्डौ महानगरको मेयरको पदबहाली गराएका पौडेल तिनै बालेनको अड्डाको जगेडाबाट सोझै घर जाने भएका हुन् । २०७९ जेठ १६ गते मेयर शाहलाई स्वागत गर्दा उनी काठमाण्डौ महानगरको प्रमुख प्रशासकीय अधिकृत थिए ।
ताप्लेजुङमा जन्मिएका झापाली पौडेलको दैनिकी अब उप्रान्त काठमाण्डौको वडा नं. १० स्थित देवीनगरमा सिमित भएको छ । मेयर हुदाँ बालेनलाई स्वागत गरेका पौडेल वालेनकै अड्डामा भएपनि बालेनको नाकमुख देख्न नपाई घर जाने भएका हुन् । अभिभावकीय भूमिकामा रहेका प्रधानमन्त्री बालेनले आफैलाई मेयर हुदाँ पदबहाली गराउने पौडेललाई जगेडामा जाकेर एक किसिमले अनाथ बनाइदिए । अघिल्ला मुख्यसचिव सुमनराज अर्याललाई समेत विदाई नगरेका बालेनले लोकनाथलाई दोसल्ला ओढाउने सम्भावना छैन ।
पौडेलको महानगरबाट सरुवा भएपछि त्यहाँ पुगेका बसन्त अधिकारी पनि घर जाने दिन गनेर वसिरहेका छन् । मकवानपुरको सिडिओ रहेका अधिकारी वैशाख १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। सिडिओ अधिकारी कार्तिकमा मकवानपुरको सिडिओ भएर गएका थिए। एक वर्षभित्रै घर जाने सूचीमा छन्।
बसन्तपछि महानगर पुगेका प्रदीप परियार अहिले बालेनको निजी सचिव छन् । परियार पछि महानगर पुगेका सरोज गुरागाईको घर जाने मिति त झन् मुखैमा आईसकेको छ ।