सोसल मिडिया
युनिकोड
देशको शासन चलाउने मूली अड्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समय अघि जगेडाका सचिव बग्रेल्ती थिए। अहिले त्यो हूल दुई जनामा सिमित भएको छ। मुख्यसचिव हुन खुट्टा उचालेका र सोही वमोजिमको सूचना प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएका कृष्णहरि पुस्करको अवकाशपछि जगेडामा रहेका सचिवको संख्या निरन्तर घट्दो छ। अहिले जगेडामा लोकनाथ पौडेल र राधिका अर्याल मात्र छन्। जगेडामै रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार पठाईएको छ।
पौडेल पनि साउन ६ गते ५८ वर्ष लागेर घर जाने निश्चित भएको छ। पौडेल घर गएपछि अर्याल मात्र जगेडामा रहनेछिन्। यता प्रधानमन्त्री कार्यालयमा दरबन्दीकै दुई सचिव रिक्त छन्।
संगठन संरचना अनुसार शासकीय मामिला क्षेत्र र विकास व्यवस्थापन क्षेत्र हेर्ने प्रशासन सेवाको दुई सचिवको दरबन्दी रहेको छ। प्रधानमन्त्री कार्यालय दुबै क्षेत्र हेर्ने सचिव रिक्त भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय मामिला क्षेत्र सचिव गोविन्दबहादुर कार्की मुख्यसचिवमा बढुवा भएपछि डेढ हप्तादेखि उक्त पद रिक्त छ। प्रधानमन्त्री कार्यालयको विकास व्यवस्थापन हेर्ने सचिव किरणराज शर्मा पनि आइतबारबाट अनिवार्य अवकाशमा गएसँगै उक्त पद रिक्त रहेको हो।
२०७८ साउन ४ गते सचिवमा बढुवा भएका किरणराज ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएका हुन्। आफूभन्दा कनिष्ठ सचिवलाई मुख्यसचिव बनाएको झोकमा कार्यालय आउन छाडेका शर्माको बिदा कै दिन कार्यकाल सकिएको हो। २०५१ सालबाट सरकारी जागिर सुरू गरेका शर्मा ३२ वर्ष सेवा गरेर अनिवार्य अवकाशमा गएका छन्। उनी ५६ वर्ष कै उमेर घर गएका हुन्। शर्मा मुख्यसचिवको लाईनमा लागेर नभए पछि बुढानिलकण्ठ स्थित निवासमै दिन बिताईरहेका छन्।
बालेन अड्डामा काम गर्न लायक दुई सचिवको खोजी गर्न एउटा टोली सक्रिय छ। र, केही नाममाथि छलफल चलाईरहेका छन्।