सोसल मिडिया
युनिकोड
हिजो मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आधा दर्जन सचिवलाई यताउता पारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण प्रसाद दुवाडीलाई उद्योग मन्त्रालयमा लगिएको छ । दुवाडीको १७ महिनामा सरुवा भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा सरुवा गरिएको स्रोतले जनाएको छ।
त्यस्तै, सचिव डिल्लीराम शर्मा (यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको बताइएको छ।
यसैगरी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भने पूर्वाधार विकास मन्त्रालय (यसअघि खानेपानी मन्त्रालय) का सचिव विश्वबाबु पुडासैनीलाई सरुवा गरिएको स्रोतले जनाएको छ।