सचिवको मनचिन्ते योजनामा वालेन्द्रको ब्रेकर, अब बुढानिलकण्ठमै बसिबिँयालो

मंगलबार, असार ३०, २०८३

अघिल्ला मुख्यसचिव सुमनराज अर्याललाई अन्ठाउन्नेले छोएपछि मुख्यसचिवको स्वाद चाख्न मुख मिठ्याएरै बसेका अर्यालपछिका एक नम्बरी सचिवको यति बेला चित्त कुँडिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्मा मन अमिलो पारेर बुढानिलकण्ठ स्थित कोलोनीमा सुस्ताउन थालेका हुन् । जसै मुख्यसचिव अर्याल ५८ वर्ष लागेर निजामती सेवाबाट बाहिरिए शर्माले वरिष्ठ सचिवको हैसियतमा उक्त जिम्मेवारी पाउने आशा गरिरहे । तर, सरकारले उनलाई पन्छाएर भोजपुरे गोविन्द कार्कीलाई मुख्यसचिव बनाएपछि पर्वते किरणको मन अमिलो मात्र भएन चिमोटिनुसम्म चिमोटियो । त्यहि भएर उनले अब नफर्किने गरि अड्डा त्यागेका छन्, तर राजीनामा भने दिएका छैनन् । 

शर्मा अवकाशको दिनसम्म नै बिदा लिएर बसेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सचिव शर्मा साउन ३ गतेसम्म बिदामा बसेका छन्। सचिव शर्मा को असार ५ गतेसम्म मात्र जागिर बाँकी छ।
२०७८ साउन ४ गते सचिवमा बढुवा भएका सचिव शर्माको साउन ३ गते रातिबाट सचिव ५ वर्षे कार्यकाल पूरा हुँदैछ। अब उनको जागिर एक हप्ता पनि बाँकी छैन। 

शर्मा ५८ वर्ष पुग्न भने अझै केही समय बाँकी छ । सचिवको पाँचवर्षे अवधि सकिनु अघि मुख्यसचिव पड्काएर ५८ वर्ष नपुग्दा सम्म मुख्यसचिव चलाउने शर्माको मनचिन्ते योजनामा प्रधानमन्त्री वालेन्द्रले तातोपानी खन्याएपछि शर्मा बुढानिलकण्ठमा चिसो हावा लिइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्