सोसल मिडिया
युनिकोड
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनले राहदानी विभाग अगाडी बिहिबार आफ्नै ज्यानमा आगो लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो ।
नेपाली आत्मदह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेका छन्। २ जना महिला नगर प्रहरी र १ जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे। साेधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएकाे प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।