प्रधानमन्त्री वालेन्द्रको अड्डाका अधिकृतले युवतीलाई लिङ्ग देखाएपछि प्रहरीले खोरमा कोच्यो

सोमबार, असार २२, २०८३

ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरि गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा नेपाल सरकारका एक अधिकृतलाई समातेर हिरासतमा जाकेको छ। 

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। रक्षा मन्त्रालय हाल प्रधानमन्त्री वालेन्द्र साहले नै सम्हाली आएका छन्। 

प्रहरीका अनुसार पीडित महिलाले भट्टले सार्वजनिक स्थलमा गरेको सो आपत्तिजनक हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएलगत्तै एक्सनमा उत्रिएको प्रहरी टोलीले भट्टको पहिचान गरी उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी मुलुकी अपराध संहिता बमोजिम कानूनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको परिवार नै सरकारी सेवामा रहेको जनाएको छ।  खनाल थरकी युवतीलाई ती भट्टले आफ्नो  लिङ्ग खेलाएर देखाएका थिए। 
 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्