सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठकले १५ जना सहसचिवको अड्डा फेरबदल गरिदिएको छ। अस्ति बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पठाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थमै पुगेका छन्। अर्थका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ । भरतलाई भन्सार विभागबाट तानिएको थियो।