सोसल मिडिया
युनिकोड
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक (एमडी) पदमा हिक्मतबहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई गोरखापत्र संस्थानको एमडीमा नियुक्ति गर्ने निर्णय गरेको हो।
त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने निर्णय गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र दिपक भट्ट निकट मानिने ढुंगाना दोहोऱ्याएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेका हुन्। विष्णु पौडेल अर्थमन्त्री हुँदा ढुंगाना नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक एकसाथ भएका थिए। एकैपटक दुई निकायमा नियुक्ति खाएको विवादमा परेपछि उनी पुनर्बीमा कम्पनीको अध्यक्ष त्यागेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा सीमित भएका छन्। बालेन सरकार आएपछि पदमुक्तिमा परेका ढुंगाना फेरि पुरानै पदमा दोहोरिएर नियुक्ति खान सफल भएका हुन्।
मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने निर्णय गरेको छ।