सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिहीबार अपरान्ह २ बजे बस्नेगरी प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आजको बैठकले धेरै नियुक्तिका काम गर्ने भएको छ। गोरखापत्र संस्थानको महाप्रवन्धक सहितका अन्य निकायमा समेत नियुक्तिको काम हुने बुझिएको छ।