आफ्नै समुहबाट बतासिएर महामन्त्री बनेका गुरुलाई शेखरले के-के भनेर फुके कान ?

शुक्रबार, असार १२, २०८३

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको संस्थापन र इतर समूहको वार्ता भए समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् । पार्टी महामन्त्री गुरुराज घिमिरेसँगको छलफलमा डा. कोइरालाले १५औँ महाधिवेशन सहमतिको आधारमा हुनुपर्नेमा जोड दिएका छन् । 

महामन्त्री घिमिरे कोइरालालाई भेट्न आज बिहान उनकै निवासमा पुगेका थिए । महामन्त्री घिमिरेले नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा कोइरालासँग छलफल भएको जानकारी दिए । विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कोइराला इतर समूहमा छन् । घिमिरे पहिला कोइरालानिकट नेता मानिन्थे । गगन संग लागेपछि उनी महामन्त्री बनेका हुन्। हुन त गगन पनि कोइराला गुटमै थिए।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्