विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बिहीबार, असार ११, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। 

बिहीबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिनु भनेको छ। 

यससँगै सर्वोच्चले पौडेललाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको छ। यसमा लिखित आदेश आउन बाँकी रहेको छ। 

बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा पौडेललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरिएको थियो। 

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाइएको थियो। पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १३:२१
प्रतिक्रिया दिनुहोस्