सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं आएका छन् ।
चितवनको भरतपुर विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित बुधबार काठमाडौं आएका हुन् । ७ असारदेखि भरतपुरमा रास्वपा पहिलाे महाधिवेशन जारी छ ।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि मतदानकाे तयारी भइरहेका बेला पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह बुद्ध एयर चढेर काठमाडौं आएका हुन् ।
उनी महाधिवेशन उद्घाटन गर्न गत आइतबार पत्नी र छोरीसहित भरतपुर पुगेका थिए । मंगलबार रवि लामिछानेलाई सभापति पदमा दोहोर्याउन शाह प्रस्तावकसमेत बसेका थिए ।
सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि रवि मंगलबारै निर्बिरोध निर्वाचित भइसकेका छन् ।