सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार (असार ९) बिहान ललितपुर ल्याइएको छ । सोमबार (असार ८) बेलुका सुर्खेतबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
मंगलबार राति नै पौडेललाई सार्वजनिक गाडीमा काठमाडौंतर्फ हिँडाइएको थियो । राति पौडेललाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिएको थियो । तर, प्रहरीले सुरक्षाका कारण देखाउँदै राति नै गाडीमा उनलाई काठमाडौं ल्याएको हो ।
काठमाडौं ल्याएर पौडेललाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको छ । पौडेललाई कलंकी, बल्खु हुँदै सम्पत्ति विभागको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
विभागको पत्राचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति अदालतमा पेस गर्न लागिएको हो । उनी पटक-पटक गरि ५ पटक अर्थमन्त्री भएका व्यक्ति हुन्। उनी जम्मा आठ पटक मन्त्री भईसकेका नेता हुन्।