आरजुलाई तीन दिन भित्रमा अख्तियारको बाह्र नम्बर कोठामा हाजिर हुन उर्दी, अटेर गरेमा सीधै कोर्रा

बिहीबार, असार ४, २०८३

राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।

आयोगको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ स्थित राणाको निवासमा पुगेर बयानका लागि उपस्थित हुने म्याद (सूचना) तामेल गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १४ सँग सम्बन्धित रहेर जारी गरिएको उक्त सूचनामा डा. राणालाई सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र टंगालस्थित आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

राणा हाल उपचारका सिलसिलामा विदेशमा रहेकाले आयोगले स्थानीय जनप्रतिनिधिको रोहबरमा उनको घरमा म्याद टाँसेको हो।

अख्तियारका अनुसार राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता भएको दाबीसहित परेको उजुरीका आधारमा तत्कालीन परराष्ट्रमन्त्री राणासँग बयान लिन लागिएको हो।

उक्त प्रकरणमा आयोगले यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिइसकेको छ।

उनीहरूविरुद्ध विशेष अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिई विस्तृत छानबिन भइरहेको छ। सोही अनुसन्धानको क्रममा तत्कालीन मन्त्री राणाको समेत संलग्नता हुनसक्ने देखिएपछि आयोगले उनलाई बयानका लागि बोलाएको हो।

आयोगले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईँसँग बयान लिनुपर्ने भएकोले... आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगालमा उपस्थित हुन आउनुहोला। नआए कानुन बमोजिम हुनेछ।’

डा. राणा र उनका पति एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। हाल उनी हङकङमा रहेको बताइएको छ।

आयोगले म्याद तामेल गर्दा देउवा परिवारका कुनै सदस्य उपस्थित नभए पनि वडाका प्रतिनिधिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरिएको जनाएको छ।1781775742367-1781775801.jpg

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्