पूर्वप्रधानमन्त्रीका नाती सहित राहदानी विभागका डिजीलाई पुलिसले किन समात्यो ?

मंगलबार, असार २, २०८३

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । उनीसँगै पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा समेत समातिएका छन् । उनीहरुलाई अख्तियारबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

राष्ट्रिय सभाका कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा सिद्धार्थ र राहदानी विभागका डिजी अर्याल केहीबेर अघि समातिएका हुन् ।

सार्वजनिक बिदाका दिन घरमै पुगेर पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुलाई अर्यालले राहदानी उपलब्ध गराएका थिए । त्यस्तै पूर्वमन्त्री दीपक खड्कालाई पनि उनैले राहदानी उपलब्ध गराएका थिए।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्