दैलेखका उपाध्यायलाई धपाएर भोजपुरे कार्कीलाई बनाईयो अर्थ सचिव 

मंगलबार, जेठ २६, २०८३

संसदमा अर्थमन्त्री स्वर्णीम वाग्लेले करको डर हेरफेरमा पटके हेराफेरी गरेको भन्दै विपक्षीले विरोध गरेकै बेला सरकारले अर्थमन्त्रालयका सचिवलाई लखेटेको छ। राजस्व सचिवको जिम्मेवारीमा रहेका सिन्धुलीका भूपाल बराललाई गण्डकी प्रदेश पठाए लगत्तै अर्थ सचिव घनश्याम उपाध्यायलाई पनि धपाईएको छ। दैलेखी उपाध्यायलाई धपाएर भोजपुरे गोबिन्दबहादुर कार्कीलाई अर्थ सचिवको पत्र थमाईएको छ। 

बराल र उपाध्याय दुवै कांग्रेस नजिकका कर्मचारीका रुपमा चिनिएको निजामती क्षेत्रमा चर्चा हुने गरेको छ। प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालय लगिएका सचिव कार्कीको सचिवमा बढुवा भएको धेरै भएको छैन। 

पर्यटन मन्त्रालयमा सहसचिव भएर काम गर्दै गर्दा सचिव बढुवा भएका कार्की वाग्मती प्रदेशमा छोटो समय बसेर संघमा फर्किएका हुन्। वाणिज्य मन्त्रालयमा सचिव भएर प्रधानमन्त्री कार्यालय पुगेका उनले अर्थ सचिवको जिम्मा पाएका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्