सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ दोश्रो पटक गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
आज मंगलबार दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । उनी पहिलो पटक गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। साईत हेराएरै उनले आज सपथ लिने टुंगो लागेको हो।
उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।