मन्त्री र सचिव नै महिला भएको मन्त्रालय अब एउटा मात्रै, यस अघि कुन-कुन थिए ?

मंगलबार, जेठ २६, २०८३

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा मात्रै मन्त्री र सचिव दुबै महिला भएका छन्।

नेपाल सरकारका १८ मन्त्रालय मध्ये महिला मन्त्रालय मात्रै महिला नै मन्त्री र सचिव बन्न पुगेको हो। यसअघि भूमि मन्त्रालयमा मन्त्री र सचिव महिला थिए । एक मन्त्रालय एक सचिवको नीतिले भूमि मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई बाटो लगाएपछि महिला मन्त्रालय मात्र महिलाको नेतृत्वमा पुगेको हो।

भूमि मन्त्रालयमा प्रतिभा रावल मन्त्री र मदन भुजेल सचिव छन्। महिला मन्त्रालयमा सीता वादी मन्त्री र राधिका अर्याल सचिव छन् ।

हुन त संचार मन्त्रालयको सचिव पनि महिला नै छिन् । लक्ष्मी कुमारी बस्नेत सचिव भएपनि त्यहाँ विक्रम तिमल्सिना मन्त्री छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्