सोसल मिडिया
युनिकोड
एउटा मन्त्रालयमा एकै जना मात्र सचिव राख्ने वालेन सरकारको नीतिले गर्दा भूमि मन्त्रालयको सचिवबाट चन्द्रकला पौडेल उपराष्ट्रपतिको कार्यालयमा थन्किनु परेको छ ।
मन्त्रालय नगाभिँदा उनी सामान्य प्रशासन मन्त्रालयको सचिव थिइन् । भूमि र सामान्य गाभिएपछि उनी सहित मदन भुजेल दुई जना सचिव भए । भूजेल भूमि सचिवको भूमिकामा छन् ।
एउटा मन्त्रालय एकै सचिवको निर्णयले चन्द्रकला लखेटिनु परेको हो। हुन त चन्द्रकला र मदन सहसचिवका ब्याजी हुन् । भुजेल २०८१ फागुन २१ गते बढुवा भएका हुन् भने पौडेल २०८२ वैशाख ८ गते सचिव बढुवा भएकी हुन् । बढुवा सिफारिस समितिले पहिलो नम्बरमा वीरेन्द्र यादव दोस्रोमा मदन भुजेल र तेस्रोमा चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।
वरिष्ठ भएका कारणले होस् या त अरु नै कारण किन नहोस् भुजेलले बढुवामा जस्तै सरुवामा पनि पौडेललाई टपेका छन् ।
रास्वपा सभापति रवि लामिछानेको अति निकट भूमि मन्त्री प्रतिभा रावलले चन्द्रकला छोडेर मदन रोज्नुले पनि भुजेल कामकाजी भएको लख काटिएको छ ।
कर्मचारीको सरुवामा नरम करम नमिलाएको दोष लागेकी पौडेललाई उपराष्ट्रपति कार्यालयमा आराम गर्न पठाएको टिप्पणी हुन थालेको छ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्रीलाई म्यासेज मार्फत बिन्तिपत्र हालेपछि उनको प्रधानमन्त्री कार्यालयको वार्दलीमा सरुवा गरिएको छ ।