शौचालयको आडैमा रवि लामिछानेको बैठक, बालेन बोलेपछि रविको टेबुलटक

सोमबार, जेठ २५, २०८३

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएको तीन दिनपछि रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक गरेका छन् ।

लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा बसेको हो।

सभाहलको रेष्ट रुम ( शौचालय ) का अघिल्तिर लामिछाने सहित कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायत छन् । कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका अध्यक्ष बैठकमा गएनन् ।

बैठक डाक्नु अघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र साहसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको बताए पछि विपक्षी दलले सदन चल्न दिएका छैनन् । सदनको अबरोध हटाउन लामिछानेले अग्रसरता लिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १०:०५
प्रतिक्रिया दिनुहोस्