गृहमन्त्रीमा सुधनको सपथ गराउने साईत जुराउँदै वालेन्द्र, सुनपानी छर्कियो

आइतबार, जेठ २४, २०८३

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए । 

अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, 'मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ ।' उनले आफूले क्लियर बयान दिएको र अब फेरि केही दिनमै गृहमन्त्रीको भूमिकामा फर्किने प्रस्ट संकेत पनि दिएका छन्। आफूले पूर्ण रूपमा सफाइ पाउने उनले सुनाए। उनको छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाईसकेको छ। 

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राखे । उनले भने, 'यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्वीर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।'

बुझिए अनुसार उनको यहि हप्ता सपथ हुनेछ। बुधबार या त शुक्रबारसम्ममा उनी पुन गृहमन्त्री बन्दैछन्। 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्