घर जान ठिक्क परेका सिडिओ तानिए, दरबारिया कर्मचारीलाई बनाईयो सिडिओ

शुक्रबार, जेठ २२, २०८३

गृह मन्त्रालयले एक दर्जनमा चार थपेर १८ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ।

१६ जनाको सरुवा हुँदा दुईजनाको पदस्थापन भएको हो। अवकाशको मुखैमा पुगेका सिडिओलाई पनि चलाईएको हो ।

सर्लाहीका सिडिओ रामुराज कडरियाको पनि सरुवा भएको छ। उनी असार ४ गते ५८ बर्ष लागेर घर जाँदै थिए ।
सर्लाही सहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सिडिओ फेरिएका हुन्। 

कास्कीमा कुमारनसिंह गुरुङ, स्याङजामा निराजन घिमिरे, धादिङमा लक्ष्मी पाण्डे गौतम, संखुवासभामा ईश्वरी प्रसाद अर्याल, पाल्पामा भविश्वर पाण्डे, नवलपरासी पश्चिममा जगदिश्वर उपाध्याय, सप्तरीमा श्यामकृष्ण थापा, धनकुटामा रुद्रादेवी शर्मा, उदयपुरमा मेघबहादुर मंग्रान्तीको सरुवा भएको छ। 

ओलखढुंगामा टुवराज पोखरल, सर्लाहीमा विजयराज सुवेदी, रामेछापमा बिनु बज्राचार्य कुँवर, सुर्खेतमा धर्मराज जोशीलाई सिडिओको जिम्मेवारी दिइएको छ। 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको विभागको महानिर्देशकमा कृष्ण पौडेल खटिएका छन्। 

रामेछापको सिडिओमा सरुवा भएकी बिनु राजप्रसाद सेवाबाट निजामती सेवामा समायोजन भएकी दरवारिया कर्मचारी हुन् ।1780655433230-1780655504.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १५:५६
प्रतिक्रिया दिनुहोस्