प्रधानमन्त्री वालेन्द्रलाई यस्तो म्यासेज पठाएपछि सचिव पुष्कर सात घण्टा उभ्याईए

शुक्रबार, जेठ २२, २०८३

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर बिहिबार सात घण्टा प्रहरीको निगरानीमा रहे। उनलाई प्रधानमन्त्री वालेन्द्र साहलाई पठाएको म्यासेजलाई कसुर मानेर प्रहरीले केरकार गरेको हो। 

कार्यालयबाटै दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु पुर्याएको थियो। कर्णले प्रधानमन्त्रीलाई म्यासेज गरेपछि बालेन्द्रले उनलाई समात्न आदेश दिएका थिए। 

सचिव पुष्करले आफू असार २४ गते अवकाशमा जान लागेको हुँदा अहिले बहालावाला कर्मचारीले राजदूतका लागि खुला आवेदन भर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा राखेर म्यासेज पठाएको पाइएको प्रहरीले जानकारी दियो ।

“सम्माननीय प्रधानमन्त्रीज्यू सादर नमस्कार । सचिवको कार्यकाल पाँच वर्ष हुन्छ । म मुख्यसचिव हुने सम्भावना छैन । म अवकाश हुने दिन असार २४ गते हो । राजदूतको विज्ञापन खोलिएको रहेछ । मैले फर्म भर्न मिल्छ कि मिल्दैन । हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु,” सचिव पुष्करले प्रधानमन्त्री शाहलाई लेखेको म्यासेजको व्यहोरा चाँही यस्तो छ। 

परराष्ट्र मन्त्रालयले जेठ १४ गते सूचना जारी गर्दै राजदूतका लागि आह्वान गरेको छ। उक्त सूचना/विज्ञापनको म्याद आज २२ गते पाँच बजेसम्मलाई तोकिएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्