सोसल मिडिया
युनिकोड
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सात घण्टासम्म प्रहरीले नियन्त्रणा राखेर छोडिदिएको छ । बिहीबार प्रहरीले घरबाटै उठाएर लगेको थियो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछपछि रिहा भएका हुन् ।
प्रहरी स्रोतका अनुसार कर्मचारीको पदीय मर्यादाविपरीत उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषामा एसएमएस गरेका कारण सोधपुछका लागि प्रहरी कार्यालय लगिएको थियो । उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । पत्नी श्रेष्ठ पनि नेपाल सरकारकी सहसचिव हुन् । उनी महिला मन्त्रालयमा कार्यरत छिन् ।
पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज लेखेका थिए । लेखिएको भाषा कर्मचारीको मर्यादाविपरीत भएको प्रहरी स्रोतले जनायो । अब उप्रान्त म्यासेज नगर्ने र सचिवको जिम्मेवारीमा रहेर गर्नुपर्ने बाहेकको काम नगर्ने मौखिक शर्तनामामा उनलाई छोडिएको हो।
उनले मुख्यसचिव बन्ने दौडका क्रममा प्रधानमन्त्रीलाई सीधै म्यासेज लेखेका थिए । पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुन्छन् । आफू पदमा बहाल रहेकै अवस्थामा मुख्यसचिव बन्नुपर्ने उनको माग थियो ।
महोत्तरीको सुगामा जन्मिएका पुष्करले जिल्लावासी र नातेदार रहेको भन्दै प्रधानमन्त्री बालेन्द्रलाई चाकडी जनित म्यासेज पठाएपछि गृहमन्त्री समेत रहेका बालेन्द्रले कर्णलाई कोर्रा हान्न पुलिसलाई आदेश दिएका थिए । बालेन्द्रको पुर्ख्यौली थलो पनि महोत्तरीकै एकडारा हो । हुन त सामान्य मन्त्रालयको सचिव हुँदा कर्णले काठ्माण्डौको मेयर रहेका बालेन्द्रलाई असहयोग गरेको चर्चा पनि चलेको छ ।