नेपालीको शीर झुकाउने अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेनलाई विपक्षीले उल्टै झुकाउने

सोमबार, जेठ १८, २०८३

विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन शाहले संसद्मा बोलेको राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन्। संसद् बैठकअघि सिंहदरबार बसेको बैठकपश्चात नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेनको अभिव्यक्तिले नेपालीको शीर झुकेको बताएकी हुन्।

नेपाल राष्ट्रको नीति विपरीत प्रधानमन्त्री बोलेकाले क्षमायाचना गर्नुपर्ने विपक्षी दल माग रहेको उनको भनाई छ। एमाले संसदीय दलको उपनेतासमेत रहेकी अर्यालले प्रतिनिधि सभा नियमावलीमा पनि विपक्षी दलको आपत्ति रहेको बताइन्। उनले सांसद र सामान्य नागरिकलाई एउटै कानुन हुनुपर्नेमा चोरबाटोबाट सांसदले अपराध गरेपछि छुट दिने विषय सत्तापक्षले ल्याएर पारित गरेको बताइन्। 

कांग्रेसका सचेतक निश्कल राईले पनि बालेनले राष्ट्रघाती अभिव्यक्ति दिएको बताए। उनले तथ्य अनुसार भए नभएको जनतालाई जानकारी दिनुपर्ने बताए। 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्