जेठ २२ गते स्वदेश फर्किने गरि भारत उडे रास्वपा सभापति रवि लामिछाने 

सोमबार, जेठ १८, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा निस्किएमा हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची छ । लामिछाने २२ जेठमा स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्