सोसल मिडिया
युनिकोड
नेपाल सरकारको पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक अनावरण गरिएको छ ।
काठमाण्डौको गोकर्णस्थित जगडोलमा रहेको निजामती पार्कमा खडा गरिएको थापाको शालिक मुख्यसचिव सुमनराज अर्यालले आज शनिवार अनावरण गरेका हुन् ।
गोकर्णमै जन्मिएका नेपालको पहिलो मुख्यसचिव थापाको शालिक अनावरण गर्ने हालका मुख्यसचिव अर्याल पनि गोकर्णमै जन्मिएका हुन् । र, शालिक राखिएको स्थान पनि गोकर्णमै छ ।
वन मन्त्रालयमा सचिव रहँदा ‘हरियो वन, नेपालको धन’ नारा शुरु गरि वन संरक्षणमा विशेष योगदान गरेका थापा विस २०११ मा भ्रष्टचार निवारण कार्यालयको प्रमुख र २०१२ मा मुख्य सचिव बनेका थिए । २०१६ सालमा पहिलो महालेखापरिक्षक बनेर थापाले देशको आर्थिक अनुशासन कायम राख्न महत्वपूर्ण योगदान दिएका थिए ।
विस १९५८ भदौमा काठमाडौंको गोकर्णमा जन्मिएका थापाको विस २०२३ मा निधन भएको थियो । विभिन्न उच्च ओहदामा रही राष्ट्रको सेवा गरेवापत उनलाई त्रिशक्तिपट्ट, गोरखा दक्षिणवाहु, ॐ राम पट्ट, नेपाल श्रीपद आदिबाट सम्मानित गरिएको थियो ।