सोसल मिडिया
युनिकोड
सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा कुल २१ प्रतिशतले तलब बढ्नेछ। बढेको तलबमान साउन १ देखि लागू हुनेछ। योसँगै ग्रेडसहित ४० हजारदेखि १ लाख माथि हुनेछ।
सरकारी कर्मचारीको तलब चार वर्षदेखि तलब वृद्धि भएको थिएन। सरकारले महंगी भक्ता यथावत राखेको छ। तलब १० प्रतिशत मात्रै वृद्धि हुँदा प्रोत्साहनामा आधारित बजेटलाई विशेष प्राथामिकता दिएको जनाए।