सोसल मिडिया
युनिकोड
सरकारले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याएको छ। आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
यसअघि यस्तो सीमा ५ लाखसम्म थियो। यसका साथै ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।
कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर दक्षिण एशियाकै सबैभन्दा धेरै भयो भनेर चर्चा हुँदै आएको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट त्यसको सीमा फराकिलो बनाएर काम गरेर कमाउनेहरुका लागि राहत दिएको हो।