सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमा टेक्दै आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तृत गर्दै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । जुन देशको ७६औँ बजेट हुनेछ ।
देशको ७६औँ बजेटले निजामती क्षेत्रको भने अप्रेशन नै गर्ने भएको छ। सरकारले सरकारी सेवामा ३० वर्ष अघिदेखि काम गरिआएका कर्मचारीलाई घर पठाउने भएको छ। ३० वर्षदेखि कार्यरत कर्मचारी वा ५५ बर्ष भएकालाई अवकाश दिने भएको हो। जुन विषय आज सार्वजनिक गरिने बजेटमै उल्लेख गरिएको छ।
थोरैले धेरै सेवा दिने नीति अन्तर्गत बजेटमै कर्मचारी छाट्ने काम हुने भएको हो। बजेट मार्फत अनेक शीर्षक अन्तर्गत चानचुन बीस हजार कर्मचारी घर जाने हिसाब निकालिएको छ। कर्मचारीको तलब बढाएर भत्ता काट्ने काम पनि बजेटले गर्ने भएको छ।