सोसल मिडिया
युनिकोड
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत रहँदा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मा दिईएको छ। त्यस्तै सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी तोकिएको छ।
सरकारले सोमबार मात्रै २९ जना सहसचिवको सरुवा गरेको थियो । सो सरुवाअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत सहसचिव कोइराला र रक्षा मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।
गृह मन्त्रालयमा सरुवा गरिएका बलराम निरौला, लक्ष्मी पाण्डेय, भूपेन्द्र थापालाई सिडिओ नभएका जिल्लामा खटाईने भएको छ। धनकुटा लगायतका जिल्लामा सिडिओ खाली छ।