सभामुख बिष्टले पेलेको भन्दै कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्रले भाँचिदिए माईक

बुधबार, जेठ १३, २०८३

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्ने समय नदिएको भन्दै  प्रमुख प्रतिपक्ष दल नेकपाका सांसदले माईकनै भाँचीदिएका छन्।

मंगलबार सभामुख अम्मरबहादुर विष्टले नीति तथा कार्यक्रममाथिको संशोधनमा प्रतिपक्षलाई बोल्न समय नै नदिई पारित गरेको भन्दै नेकपाका सांसदले बुधबारको बैठकमा उठेर विरोध गरेका हुन्।

प्रतिपक्षीले विरोध गरे पनि  सभामुख विष्टले ‘हिजोका कुरातिर नजाऔँ, अब म आजको कार्यसूचीअनुसार छलफल अगाडि बढाउँछु। तपाईंहरू बस्नोस्’ भनेर संसद् बैठक अगाडि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री तथा नेकपाका सांसद राजेन्द्र राई दौडेर रोस्टममा पुगेर बोल्न खोजेका थिए। एक्कासि सांसद राई रोस्टममा पुगेपछि मर्यादापालकहरूले उनलाई तानेर तल झारेका थिए। तानातानका क्रममा सांसदहरूले बोल्ने पोडियमको माइकसमेत भाँचिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्