भूमि र वाणिज्यका डिजीलाई सरकारले धपायो, कता-कता धकेलिए ?

मंगलबार, जेठ १२, २०८३

वैशाख ११ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको २९ सहसचिवको सरुवामा दुई जना महानिर्देशक पनि समेटिएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई प्रदेश तर्फ धपाईएको छ। त्यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागका डिजीलाई मन्त्रालय तानिएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको कृषि वन तथा पर्यावरण मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ। वाणिज्य विभागका महानिर्देशक रोशन ज्ञवाली गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पठाइएका छन्। उता बिरजंग महानगरले हाजिर नगराएपछि रेशमलाल कंडेललाई नजिकैको बारामा व्यवस्थापन गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्