सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहको गृहजिल्ला महोत्तरीमा ठाउँको ठाउँ घुस असुल्ने हाकिम समातिएका छन् ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासकाे टाेलीले यादवलाई ७२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेकाे हाे ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ ।
औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।