नवनियुक्त प्रधानन्यायाधीश मनोजलाई कुमार श्रीमानले भित्र्याए, शर्माले के-के भन्न भ्याए ?

मंगलबार, जेठ ५, २०८३

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् ।  सर्वोच्च अदालतमा मंगलबार पदवहाली गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताए । नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई न्यायाधीश कुमार रेग्मीले स्वागत गरेका थिए। 

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड रहेको बताउँदै उनले भने, 'मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण्ण राख्नु हो । यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता गरिने छैन । न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन ।

प्रधानन्यायाधीश शर्माले यो जिम्मेवारीलाई केवल पदको रूपमा मात्र नलिई संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने दायित्वको रूपमा ग्रहण गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्