सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालिआएको गृहमन्त्रालयले आधा दर्जन प्रथम श्रेणीका कर्मचारीलाई यताउता पारेको छ ।
रिक्त रहेको भक्तपुरको सिडिओमा कुमार खड्कालाई पठाईएको छ । उनी धनकुटाको सिडिओ थिए । त्यस्तै ललितपुरको सिडिओमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई लगिएको छ । त्यहाँका सिडिओ प्रेम भट्टराईले अनिवार्य अवकाश पाएपछि रिक्त थियो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको सिडिओ बनाएर पठाईएको छ ।
यता, भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चल राज पाण्डेलाई जिल्ला प्रशासन कार्यालय दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
दाङका सिडिओ विश्व प्रकाश अर्याललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ ।