प्रधानमन्त्री वालेन्द्रको अनुहार देख्न नपाएपछि विपक्षी दलका सांसद भाउन्न 

बुधबार, वैशाख ३०, २०८३

विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहकोे उपस्थिति खोज्दै नाराबाजी गरेका छन्।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले पेश गर्नुपर्ने कार्य सूची भए पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गर्न खोजेपछि विपक्षी दलले आपत्ति जनाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई समय दिएपछि सबै विपक्षी दलहरुले उठेर नाराबाजी गरेका हुन्। विपक्षीको नाराबाजीको कारण संसद अवरोध भएको छ।

विपक्षी दलहरु कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरुले प्रधानमन्त्रीको उपस्थिति विना सदन चल्न नसक्ने अडान राखेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्