सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति विघटन भएको छ। बुधबार बिहान वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो।
रास्वपाले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय समितिको परिभाषित काम अब आयोजक समितिले गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि बैठकले विभिन्न उपसमिति गठन गरेको छ। प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ।