सोसल मिडिया
युनिकोड
आज केही बेर अघि बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, भूमि सम्बन्धी नियमहरू पनि स्वीकृत गरेको छ ।
बैठकपछि सरकारका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रशासनिक र कानुनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ को संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरिएको बताए ।
बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधानलाई परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुईजना प्रतिनिधिसभा सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको छ । जसमा सांसद सुशील खड्का र सांसद योगेश गौचन थकाली रहेका छन् । खड्का रास्वपा सांसद हुन् भने थकाली कांग्रेसका सांसद हुन्।